शुक्रबार, कार्तिक २१, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • एसएसपी विश्व अधिकारीको वार्षिक रिपोर्ट: अपराध नियन्त्रणदेखि तथ्यांक र चुनौतीको पूर्ण चित्र

एसएसपी विश्व अधिकारीको वार्षिक रिपोर्ट: अपराध नियन्त्रणदेखि तथ्यांक र चुनौतीको पूर्ण चित्र


कान्तिपथ


काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले वार्षिक पत्रकार सम्मेलनमार्फत मानवस्रोत, स्रोत साधन व्यवस्थापन, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नयाँ प्रयासबारे विस्तृत जानकारी सार्वजनिक गरेका छन्।

उनका अनुसार काठमाडौं प्रहरीका १२९ कार्यालयमध्ये १४ मात्र आफ्नै भवन र जग्गासहित छन्। बाँकीमा २० वटा आफ्नै भवन तर जग्गा नभएका, ८ वटा भाडामा, ६० वटा सरकारी जग्गामा, ११ वटा संघसंस्थाको जग्गामा, ४ वटा स्थानीय निकायको भवनमा, ५ वटा गुठी भवनमा, २ वटा क्लब भवनमा र ५ वटा पशुपति विकास कोष भवनमा सञ्चालनमा छन्।

जिल्लामा ४,०१६ प्रहरी जनशक्ति दरबन्दी भए पनि हाल ३,२३३ मात्र कार्यरत छन्, जसमा ४०९ महिला छन्। गत वर्ष ६८१ जनालाई उत्कृष्ट कार्यका लागि पुरस्कृत र १५८ जनालाई कारबाही गरिएको छ। सो अवधिमा १७८ जनाले राजीनामा दिएका छन् र १८ जना अनिवार्य अवकाशमा गएका छन्।

सवारी साधनमा प्रारम्भिक ४६ सिआरभी मध्ये हाल ३८ मात्र सञ्चालनमा छन्। दैनिक २,५२१ प्रहरी जनशक्ति गस्ती, चेकिङ, पिकेट र अनुगमनमा परिचालन हुन्छ। प्रहरीमा गत वर्ष ४,२८,०९६ कल प्राप्त भए, जसमा २९,१४८ झगडासम्बन्धी र १,१९२ लागूऔषधसम्बन्धी थिए। ४२% घटनामा प्रहरी पाँच मिनेटभित्र घटनास्थलमा पुगेको तथ्यांक छ।

विपद् व्यवस्थापनमा काठमाडौं प्रहरीले २,७२२ आगलागी घटनामा प्रतिक्रिया जनायो। विद्युत् सर्टका कारण सबैभन्दा धेरै आगलागी भएको छ। उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, स्ट्रेचर, डोरी लगायत सामग्रीको व्यवस्थापन गरिएको छ। विपद् हेल्पलाइन डायरी पनि प्रकाशित गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा ५,५८५ मुद्दाको फैसला हुँदै २४ करोडभन्दा बढी जरिवाना संकलन भएको छ। ५,५१२ अपराधी पक्राउ परेका छन्। मात्र हुन्डी कारोबार सम्बन्धी १८ मुद्दाबाट ६ करोड ८५ लाख रुपैयाँ बरामद भएको छ।

नवीनतम सेवामा डिजिटल इन्ट्री सिस्टमसहितको नागरिक सहायता कक्ष र ‘पुलिस डिजिटल डायरी’ कार्यान्वयनमा ल्याइएको छ। प्रहरी बिट स्तरोन्नति योजना अघि सारिएको छ।

लागूऔषध नियन्त्रणमा ९०१ किलो गाँजा र १,७३,३६१ ट्याबलेट ट्रामाडोल बरामद भएको छ। सबैभन्दा बढी दर्ता मुद्दा बैंकिङ कसुरका (६,५५३) छन् भने सबैभन्दा कम सवारी अंगभंगका (७४) छन्।

गत वर्ष काठमाडौंमा भएको धर्ना र विरोध प्रदर्शन नियन्त्रणमा ३,८६,९४० प्रहरी जनशक्ति परिचालित भएको थियो। काठमाडौँमा मात्र ८१.६८% धर्ना र ७४% विरोध र्‍याली भएका छन्।

एसएसपी अधिकारीका अनुसार, आर्थिक अपराध बढ्दो क्रममा छ र कारोबार अघि चारपटक सोच्नुपर्ने अवस्था आएको छ। प्रहरी सेवा अझ छरितो, आधुनिक र जनमैत्री बनाउन निरन्तर प्रयास भइरहेको उनले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत