शुक्रबार, कार्तिक २१, २०८२

नेपाली सेनाले नियन्त्रणमा रहेका निवर्तमान मन्त्रीहरुलाई मुक्त गर्न सुरु

जेन-जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री तथा पार्टी प्रमुखहरुलाई सुरक्षा कारण देखाई नियन्त्रणमा लिएको नेपाली सेनाले क्रमशः मुक्त गर्न थालेको छ।

उक्त समयमा सेनाले ती मन्त्रीहरुलाई विभिन्न गणमा राखेको थियो। भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई आज घर फर्कन अनुमति दिइएको छ।

सेनाले नियन्त्रणमा रहेकाहरुलाई मोबाइल प्रयोगमा रोक लगाएको भए पनि सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएपछि मोबाइल चलाउन अनुमति दिएको थियो।

आजदेखि भने सेनाले निवर्तमान मन्त्रीहरुलाई घर फर्कन दिने प्रक्रिया सुरु गरेको एक पूर्वमन्त्रीले जानकारी दिएका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत