शुक्रबार, कार्तिक २१, २०८२

काठमाडौँ प्रहरीको सुचना अधिकारीमा एसपी भट्टराई


देव चौलागाईं


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईलाई परिसरको सूचना अधिकारी नियुक्त गरिएको छ।

परिसरका कार्य, गतिविधि र कारबाहीका यथार्थ तथा तथ्यगत सूचनाहरू सञ्चार माध्यममा सम्प्रेषण गर्न सहजता होस् भन्ने उद्देश्यले प्रहरी उपरीक्षक भट्टराईलाई सूचना अधिकारीको जिम्मेवारी तोकिएको हो।

उनको सम्पर्क नम्बर ९८५११२६९८३ र इमेल ठेगाना kathmandu_spokesperson@nepalpolice.gov.np रहेको परिसरले जनाएको छ।

जिल्ला प्रहरी परिसरले भट्टराईलाई सूचना अधिकारीका रूपमा तोकिएपछि सूचना प्रवाह र जनसंपर्कको कार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

भट्टराई यसअघि लामो समय काठमाडौंको अपरेशन कमाण्डर बनेर काम गरेका प्रहरी अधिृकत हुन् । काठमाडौंको अपरेशनबाट उनी अनुभवी मानिन्छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत