शुक्रबार, कार्तिक २१, २०८२

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा एसपी भट्टराई नियुक्त


कान्तिपथ


जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईलाई नयाँ सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी तोकेको छ।

परिसरले शनिबार एक सूचना जारी गर्दै आफ्नो काम कारबाहीबारे सञ्चार माध्यमहरूलाई यथार्थ र तथ्यगत रूपमा जानकारी सम्प्रेषण गर्नका लागि एसपी भट्टराईलाई जिम्मेवारी दिइएको जनाएको छ।

सूचना तथा जानकारीका लागि प्रहरीले एसपी भट्टराईको सम्पर्क नम्बर ९८५१२७२९८३ र इमेल ठेगाना kathmandu_spokesperson@nepalpolice.gov.np सार्वजनिक गरेको छ।

नयाँ प्रवक्ताको नियुक्तिसँगै प्रहरी र सञ्चार माध्यमबीच सूचना आदानप्रदान तथा समन्वय थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत