शुक्रबार, कार्तिक २१, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • प्रहरीका दुई एआईजीको सरुवा, अधिकारी मानवश्रोत र शाह प्रशिक्षण प्रतिष्ठानमा

प्रहरीका दुई एआईजीको सरुवा, अधिकारी मानवश्रोत र शाह प्रशिक्षण प्रतिष्ठानमा


कान्तिपथ


सरकारले नेपाल प्रहरीका दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले एआईजी राजन अधिकारीलाई मानवश्रोत विकास विभाग र एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार, यसअघि अपराध अनुसन्धान विभागमा कार्यरत अधिकारीलाई मानवश्रोतमा र कार्य विभागका प्रमुख रहेका शाहलाई प्रतिष्ठानमा सरुवा गर्ने निर्णय भएको हो।

केही समयअघि ‘जेनजी’ प्रदर्शन नियन्त्रणका लागि मानवश्रोत विकास विभागका तत्कालीन प्रमुख एआईजी दान बहादुर कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएपछि उक्त विभाग नेतृत्वविहीन थियो। एआईजी कार्की गत भदौ २४ गते उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए। सोही रिक्त स्थानमा अहिले अधिकारीलाई पठाइएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत