शुक्रबार, कार्तिक २१, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • जेन-जी एलायन्सद्वारा अख्तियारलाई प्रमुख लाई राजिनामाको दबाब, निष्क्रियता र राजनीतिक पक्षपातको आरोप

जेन-जी एलायन्सद्वारा अख्तियारलाई प्रमुख लाई राजिनामाको दबाब, निष्क्रियता र राजनीतिक पक्षपातको आरोप


कान्तिपथ


जेन-जी मुभमेन्ट एलायन्स नामक एक युवा समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई एक दबाब पत्र पठाउँदै आयोगको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। भ्रष्टाचार र दण्डहीनता विरुद्धको आन्दोलनप्रति आयोग निष्क्रिय र राजनीतिक रूपमा पक्षपाती बनेको आरोप लगाउँदै एलायन्सले तत्काल सक्रिय हुन आग्रह गरेको हो।

प्रमुख आयुक्त शेष कुमार राईलाई सम्बोधन गरी पठाइएको पत्रमा, वि.सं. २०८२ साल भदौ २७ गतेबाट सुरु भएको जन-आन्दोलनको मुख्य माग भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नु रहेको स्मरण गराइएको छ। “यो मागको पक्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष, सशस्त्र र सशक्त पदाधिकारीहरूको नियुक्ति गर्न आवश्यक छ,” पत्रमा भनिएको छ।

समूहले काठमाडौँ उपत्यकामा भएको आन्दोलनमा प्रदर्शनकारीको मृत्यु भएको घटनालाई “सरकारी अराजकता” को संज्ञा दिँदै यस विषयमा आयोगको निष्क्रियताले गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेको छ।

एलायन्सले आयोगका कार्यहरू राजनीतिक रूपमा पक्षपाती भएको र विशेष अदालतले समेत आयोगको कारबाहीमाथि प्रश्न उठाएको दाबी गरेको छ। “तपाईंको नेतृत्वमा यी कार्यहरू निरर्थक रूपले हुनसक्छन् भन्नेमा कुनै द्विविधाबारे आधार छैन,” पत्रमा आयोगको नेतृत्वलाई लक्षित गर्दै भनिएको छ।

७४ जना नागरिकले सुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि दिएको बलिदानको सम्मान गर्दै तत्काल सक्रिय हुन एलायन्सले आयोगका प्रमुख आयुक्त लगायत सम्पूर्ण आयुक्तहरूलाई आग्रह गरेको छ।

पत्रको अन्त्यमा, ७४ जिल्लाको प्रतिनिधित्व गर्ने १२ वटा जेन-जी समूहले हस्ताक्षर गरी प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गराएको सम्झौताको प्रतिलिपि पनि संलग्न गरिएको जानकारी दिइएको छ। उक्त सम्झौतामा संस्थागत भ्रष्टाचार र राजनीतिक विकृतिको अन्त्य गर्ने उद्देश्य राखिएको बताइएको छ।

यो दबाब पत्र प्रधानमन्त्री, गृह मन्त्री, अर्थ मन्त्री, कानुन मन्त्री तथा सबै आयुक्तहरूलाई समेत बोधार्थ दिइएको छ, जसले यो विषयलाई राष्ट्रियस्तरमा गम्भीर रूपमा उठान खोजेको देखिन्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत