जेनजी आन्दोलनको नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित एक समूहले भोटेकोशी पावर कम्पनीमाथि दबाब सिर्जना गर्दै अपर भोटेकोशी जलविद्युत् आयोजना (४५ मेगावाट) को १० प्रतिशत शेयर निशुल्क प्राप्त गरेको छ।
स्थानीय समूहले ‘भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’ गठन गरी सो शेयर माग्दै आयोजनाको काम करिब एक महिनासम्म अवरुद्ध पारेका थिए।
अन्ततः आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर हस्तान्तरण सम्बन्धी सम्झौता भएपछि आयोजना पुनः सञ्चालनमा आएको हो। सम्झौतामा जेनजी पब्लिक इन्भेष्टमेन्टका अध्यक्ष फुर्पा शेर्पा र कम्पनीका सचिव विश्वमोहन कर्माचार्य लगायतका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ