काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी व्यावसायिक, लगनशील र निडर भई पूरा गर्न निर्देशन दिएका छन्।
आज उनले प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानीलकण्ठको निरीक्षण तथा अनुगमन गर्दै कार्यरत प्रहरीहरूलाई शान्ति–सुरक्षा कायम राख्ने, अपराध अनुसन्धान र नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने तथा जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्न निर्देशन दिएका हुन्।
उनले प्रहरी सेवामा अनुशासन, उत्तरदायित्व र जनमैत्री व्यवहारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै जनताको विश्वास जित्न प्रहरी संस्थाले आचरण र कार्यक्षमता दुबैमा सुधार ल्याउनुपर्ने बताएका थिए।
निरीक्षणका क्रममा एसएसपी थापाले कार्यालयको समग्र गतिविधि, जनसेवा प्रवाहको अवस्था र भौतिक पूर्वाधारको अवस्थाबारे समेत जानकारी लिएका थिए।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ