गृहमन्त्री ओमप्रकाश अर्यालले ‘देश छोडेर भागेको’ दाबी गरेका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का सोमबार आफ्नै घरबाट फेसबुक लाइभमा देखा पर्नुभएको छ। हालैको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको आफ्नो निवासबाटै लाइभ गर्दै उहाँले गृहमन्त्रीको अभिव्यक्तिको अप्रत्यक्ष रूपमा खण्डन गर्नुभएको हो।
केही दिनअघि एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै गृहमन्त्री अर्यालले “तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,” भनी दाबी गर्नुभएको थियो।
आफ्नो फेसबुक लाइभमा पूर्वमन्त्री खड्काले ‘जेनजी’ पुस्ताले गरेको आन्दोलन जायज भए पनि त्यसमा देखिएका ‘अदृश्य शक्ति’का कारण देश र नेपालीको पहिचान नै रहने हो वा होइन भन्ने गम्भीर अवस्था सिर्जना भएको बताउनुभयो।
उहाँले निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने विषय पार्टीले निर्णय गर्ने उल्लेख गर्दै यस विषयमा सबै राजनीतिक दलहरूले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ