शुक्रबार, मंसिर १९, २०८२

ऊर्जामन्त्री घिसिङलाई बर्खास्त गर्न माग


कान्तिपथ


काठमाडौं । अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्ट नेपालले माग गरेको छ ।
घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो ।जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले मंगलबार (कात्तिक २५) जारी गरेको विज्ञप्तिमा ऊर्जामन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको ‘सेटिङ’मा भारतको कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँबराबर नोक्सान हुने गरी गैरकानुनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरिएको उल्लेख छ ।
यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत् नियमन आयोगको स्वीकृतिबिना गरिएको तथ्य प्रस्ट भइसकेको विज्ञप्तिमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत