बुधबार, फाल्गुन ६, २०८२

मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक पक्राउ


कान्तिपथ


मोरङमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पैदलयात्री र एक ट्याक्टर सह–चालकको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, शनिबार साँझ करिब ७:३५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षका परिचय नखुलेका विराटनर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हाे । प्रहरी चौकी झोराहाटको टोलीले मोटरसाइकल चालक १८ वर्षीय इसान पौडेललाई नियन्त्रणमा लिएको छ ।
सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँमा आइतबार बिहान ५:४५ बजे को १ त ६४५८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । भित्री सडक खण्डमा गछिया खोलातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी सह–चालक स्थानीय २६ वर्षीय अतित राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा बिहान ७:१५ बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ ।
ट्याक्टर चालक ४० वर्षीय प्रेम कुमार राईलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत