काठमाडौं उपत्यकाको वायुको गुणस्तर खस्किएर आज बिहान ‘अस्वस्थ’ तहमा पुगेको छ। स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५२ पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिकोणले अस्वस्थ मानिन्छ।
नेपाल सरकारको मापदण्डअनुसार एक्यूआई १५१ देखि २०० सम्म हुनुलाई ‘अस्वस्थ’ श्रेणीमा राखिएको छ। ० देखि ५० सम्मलाई राम्रो मानिने वायुको गुणस्तर ३०० नाघेमा भने ‘खतरनाक’ मानिन्छ। अहिलेको १५२ अंकले काठमाडौंको हावा सबैका लागि अस्वस्थकर बन्दै गएको संकेत गरेको छ।
प्रदूषणका हिसाबले काठमाडौं अहिले विश्वका प्रमुख सहरहरूमध्ये ११औं स्थानमा रहेको छ। सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर र दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेका छन्। यी दुवै सहरमा प्रदूषणको मात्रा ‘खतरनाक’ तह (३१५ भन्दा माथि) पुगेको आईक्यू एयरले जनाएको छ

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ