आइतवार, चैत्र १५, २०८२

हर्मुज जलमार्ग खुलाउन इरानलाई ट्रम्पको ४८ घण्टे चेतावनी


कान्तिपथ


Donald Trump ले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग ४८ घण्टाभित्र पूर्ण रूपमा खुला गर्न अल्टिमेटम दिएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत उनले समयसीमा भित्र मार्ग नखोले इरानका प्रमुख विद्युत उत्पादन केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिएका हुन्।

विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने Strait of Hormuz बाट विश्व बजारमा जाने करिब २० प्रतिशत पेट्रोलियम ढुवानी हुने गर्छ। हाल इरानले केही देशका जहाजलाई लक्षित गर्दै आक्रमण गरेपछि यो मार्ग अवरुद्धजस्तै बनेको छ।

जलमार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। केही हप्तामै तेलको मूल्य ७० डलरबाट १०० डलरभन्दा माथि पुगेको बताइएको छ। अमेरिका स्वयंले आफ्नो भण्डारबाट तेल बजारमा पठाए पनि मूल्य स्थिर हुन सकेको छैन।

यसबीच, इरानमा नयाँ नेतृत्वको रूपमा रहेका Mojtaba Khamenei लाई अझ कठोर नीति अपनाउने नेताका रूपमा हेरिएको छ। उनले हर्मुज क्षेत्रमा आक्रमण जारी राख्न सैन्य बललाई निर्देशन दिएको बताइएको छ।

ट्रम्पले यसअघि इरानको मिसाइल तथा प्रतिरक्षा प्रणाली कमजोर बनाइएको दाबी गर्दै अबको कारबाहीबारे पुनर्विचार गरिरहेको बताएका थिए। तर पछिल्लो चेतावनीसँगै अमेरिका–इरान तनाव थप चर्किने संकेत देखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत