अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको शान्ति वार्ताका क्रममा आफू राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। उनले वार्तामा ट्रम्प अप्रत्यक्ष रूपमा संलग्न रहेको संकेत गर्दै यस अवधिमा आफूले ट्रम्पसँग आधा दर्जनभन्दा बढी पटक संवाद गरेको उल्लेख गरे।
भान्सका अनुसार अमेरिकाले इरानसमक्ष ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव राखेको छ र अब इरानले त्यसलाई स्वीकार गर्ने वा नगर्ने हेर्न बाँकी रहेको छ। उनले पत्रकार सम्मेलनमा वार्ता सहमतिमा नपुगेको जानकारी दिँदै इस्लामावादबाट बाहिरिएको बताएका छन्।
यता इरानतर्फबाट भने वार्तामा कुनै हतार नभएको संकेत गरिएको छ। इरानी समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै ‘अब निर्णय गर्ने जिम्मा अमेरिकाकै हातमा रहेको’ जनाएको छ। इरानले आफूले यथार्थपरक प्रस्तावहरू अघि सारेको दाबी गर्दै अमेरिका उचित सम्झौतामा नआएसम्म रणनीतिक अवस्थामै रहने चेतावनी दिएको छ।
हालसम्म वार्ताको अर्को चरणका लागि मिति र स्थान तय भएको छैन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ