शनिबार, बैशाख ५, २०८३

इलाका प्रहरी कार्यालय,लेटाङ बने चैत्र महिनाकै सर्वोत्कृष्ट इलाका


कान्तिपथ


मोरङ जिल्लाका इलाका प्रहरी कार्यालयहरु मध्ये चैत्र महिनाको “सर्वोत्कृतष्ट” स्थान हाँसिल गर्न सफल इलाका प्रहरी कार्यालय लेटाङ, मोरङका प्रहरी निरीक्षक सागर साहलाई सम्मानित गरिएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङले सामाजिक उत्तरदायित्व बहन गर्दै नागरिकमैत्री सेवा प्रवाहको लागि समुदायसँग सहकार्य गर्दै शान्ति सुरक्षा कायम राख्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन र नागरिकका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गरेको छ । चैत्र महिनामा खुकुरी प्रहार घटनाका फरार व्यक्तिहरू पक्राउ, विभिन्न मुद्दाका प्रतिवादी नियन्त्रण, अवैध सामान बरामद जस्ता कार्यहरू सम्पन्न गर्नुको साथै, सेवा प्रवाह सुधारका लागि नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान, चौतारी निर्माण, फिटनेस जोन तथा हिरासत पुस्तकालय स्थापना ल्गायतका सेवाग्राहिमैत्री पहलहरू कार्यान्वयन गरिएको छ ।
आज मिति २०८३।०१।०४ गते आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवालज्यूद्वारा प्रशंसा-पत्र प्रदान गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत