बुधबार, असार ३१, २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्यो


देव चौलागाईं


नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुको खुद्रा मूल्य घटाएको छ ।

बुधबारदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ ४० र अन्तर्राष्ट्रियतर्फ काठमाडौैंको लागि प्रतिकिलोलिटर २ सय ६५ अमेरिकी डलरले मूल्य घटाएको हो ।

ग्यास पनि प्रतिसिलिन्डर १ सय रुपैयाँ सस्तो भएको निगमले जनाएको छ । हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम हुने निगमको भनाइ छ ।

यसअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ, डिजेल र मट्टितेल १९५ रुपैयाँ तिरे पुग्नेछ । त्यस्तै एलपी ग्यास १४.२ किलोको २०६० रुपैयाँ र ७.१ किलोको १ हजार ३० रुपैयाँ तिर्नुपर्नेछ । हाल अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सुधार आएकाले नेपालमा पनि मूल्य घटाइएको निगमको दाबी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत