बुधबार, असार ३१, २०८३

सुन–चाँदीको मूल्य घट्यो, प्रतितोला सुन ६०० र चाँदी १५ रुपैयाँले सस्तो


कान्तिपथ


काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण आज सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले सस्तो भएको हो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन मंगलबार यही सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ रहेको थियो।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा कायम भएको छ। यसअघि मंगलबार चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, १० ग्राम चाँदीको मूल्य आज ३ हजार ६६० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने दैनिक मूल्य उतारचढाव, विनिमय दर तथा बजार अवस्थालाई आधार मानेर स्वदेशी बजारमा सुन–चाँदीको दैनिक मूल्य निर्धारण गर्दै आएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत