बुधबार, असार ३१, २०८३
  • गृहपृष्‍ठ
  • खेलकुद
  • अर्जेन्टिना–इजिप्ट खेलको विवादित निर्णयबारे फिफा रेफ्री प्रमुखको स्पष्टीकरण, ‘रेफ्रीमाथिका आधारहीन आरोप अस्वीकार्य’

अर्जेन्टिना–इजिप्ट खेलको विवादित निर्णयबारे फिफा रेफ्री प्रमुखको स्पष्टीकरण, ‘रेफ्रीमाथिका आधारहीन आरोप अस्वीकार्य’


कान्तिपथ


काठमाडौं । फिफा रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले विश्वकपको अन्तिम–१६ अन्तर्गत अर्जेन्टिना र इजिप्टबीच भएको खेलमा रेफ्रीको निर्णयको बचाउ गर्दै खेल अधिकारीहरूले कुनै पूर्वाग्रहबिना पूर्ण स्वतन्त्रताका साथ जिम्मेवारी निर्वाह गरेको बताएका छन्।

फिफाको आधिकारिक वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा कोलिनाले रेफ्रीको निर्णयमाथि आलोचना हुनु फुटबलको स्वाभाविक पक्ष भए पनि हारपछि खेल अधिकारीहरूको इमानदारितामाथि प्रश्न उठाउनु स्वीकार्य नहुने स्पष्ट पारे।

उनले छोटो अवधिमा धेरै खेल सञ्चालन गर्दा केही निर्णय विवादित देखिन सक्ने स्वीकार गर्दै त्यस्ता अवस्थाबाट रेफ्रीहरूले सिकेर आगामी खेलमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्ने बताए।

कोलिनाका अनुसार आधारहीन आरोपले रेफ्री र उनीहरूका परिवारसमेत अनावश्यक दबाब र धम्कीको सामना गर्नुपर्ने अवस्था सिर्जना गर्न सक्छ। त्यसैले तथ्यहीन आरोपले फुटबलको मूल्य र खेलभावनालाई कमजोर बनाउने उनको भनाइ छ।

उनले फिफा विश्वकपका रेफ्रीहरूको निष्पक्षतामाथि कसैले प्रश्न उठाउन नसक्ने उल्लेख गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत रेफ्रीको निर्णयमा कुनै प्रभाव पार्न नसक्ने स्पष्ट पारे। उनका अनुसार खेल अधिकारीहरूले खेलाडी र प्रशिक्षकझैं प्रत्येक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्यका साथ स्वतन्त्र र निष्पक्ष निर्णय लिने गर्छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत