बुधबार, असार ३१, २०८३
  • गृहपृष्‍ठ
  • खेलकुद
  • क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै: नर्वे र इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै: नर्वे र इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै


देव चौलागाईं


फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

पहिलो खेल नेपाली समयअनुसार बिहान पौने ३ बजे नर्वे र इंग्ल्यान्डबीच हुनेछ । विश्वकपको इतिहासमा पहिलो पटक क्वार्टरफाइनल पुगेको नर्वेले लगातार तेस्रोपटक अन्तिम आठमा स्थान बनाएको इंग्ल्यान्डको चुनौती सामना गर्नेछ ।

दोस्रो क्वार्टरफाइनल खेल बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुनेछ । अर्जेन्टिना सेमिफाइनल यात्रा सुरक्षित गर्ने लक्ष्यमा हुनेछ भने स्विट्जरल्यान्ड ऐतिहासिक सफलता दोहोर्याउने प्रयासमा रहनेछ ।

यसअघि सम्पन्न क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । अर्को खेलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । अब सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत