बुधबार, असार ३१, २०८३
  • गृहपृष्‍ठ
  • प्रशासन
  • एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिदाइ, ‘शुभकामना तथा फेरि भेटौंला’ कार्यक्रम सम्पन्न

एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिदाइ, ‘शुभकामना तथा फेरि भेटौंला’ कार्यक्रम सम्पन्न


कान्तिपथ


काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धी विक्रम शाहको सरुवापछि प्रतिष्ठान परिवारले शुक्रबार ‘शुभकामना तथा फेरि भेटौंला’ कार्यक्रम आयोजना गर्दै औपचारिक बिदाइ गरेको छ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८३ असार १८ गतेको निर्णयअनुसार एआईजी शाहको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा भएको हो।

सो अवसरमा प्रतिष्ठानका प्रहरी अधिकृत तथा कर्मचारीहरूले एआईजी शाहको कार्यकालको प्रशंसा गर्दै सफल जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा उहाँको व्यावसायिक नेतृत्व, प्रशिक्षण प्रणाली सुदृढीकरण तथा संगठनको क्षमता अभिवृद्धिमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा एआईजी शाहले प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै आफूले पाएको सहयोग र सहकार्यलाई सदैव स्मरण गर्ने बताए। उनले आगामी दिनमा पनि नेपाल प्रहरीको संगठनात्मक सुदृढीकरण र प्रभावकारी सेवा प्रवाहका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिष्ठान परिवारले उहाँको सफल कार्यकालको सम्मान गर्दै आगामी कार्ययात्राका लागि शुभकामना ज्ञापन गर्दै ‘शुभकामना तथा फेरि भेटौंला’ कार्यक्रम सम्पन्न गरेको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत