नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना सुनाएको छ।
मंगलबार सजाय निर्धारणका लागि भएको सुनुवाइपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत रूपमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
अदालतले ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको छ। कानुनी व्यवस्थाअनुसार सबैभन्दा बढी सजाय हुने कसुरका आधारमा एकीकृत रूपमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना कायम गरिएको हो।
यसअघि असार २४ गते अदालतले उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनाले सफाइ पाएका थिए। दोषी ठहर हुनेमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित अन्य प्रतिवादी रहेका छन्। भने रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ