नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला अदालतले चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना सुनाएको छ।
मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गर्दै रायमाझीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको हो। अदालतले ठगी कसुरमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको छ। साथै सोही कसुरमा थप ६ महिना कैद पनि निर्धारण गरिएको छ।
कानुनी व्यवस्थाअनुसार सबैभन्दा बढी सजाय हुने कसुरका आधारमा एकीकृत रूपमा रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना कायम गरिएको अदालतले जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ