फिनल्याण्डका राष्ट्रपति साउलि निनिस्तोले औपचारिक रुपमा नेटो सदस्यताको लागि आवेदन दिने बताएका छन् । यो कदमलाई भ्लादिमिर पुटिनले पहिले नै गल्तीको रूपमा वर्णन गरिसकेका छन् ।
फिनल्याण्डको अर्को छिमेकी देश स्वीडेन पनि नेटोको सैन्य गठबन्धनमा सामेल हुन नजिक पुगेको छ । रुसको सिमाना स्विडेन संग नजोडिएको भए पनि दुवै फिनल्याण्ड र स्विडेन रुसका छिमेकी राष्ट्र हुन् ।
फिनल्याण्डकी प्रधानमन्त्रीले आफ्नो देश नेटोमा सामेल हुन कुनै बाधा नपर्ने बताएकी छन् । “फिनल्याण्ड वा स्वीडेनको सदस्यताको लागि कुनै समस्या हुनेछ भनेर हामीले नेटोबाट कुनै संकेत पाएका छैनौं,” सान्ना मारिन भन्छिन्। “हामी पहिले नै धेरै अन्तरसम्बन्धित छौं र हामी नेटोका नजिकका साझेदार हौं,” उनले थपिन्।
यता जर्मनीका विदेशमन्त्री अनुसार नेटोमा स्वीडेन र फिनल्याण्ड सामेल हुने प्रक्रियालाई जर्मनीले तीव्रता दिरहेको छ ।
रुसको युक्रेन माथिको आक्रमण पश्चात स्वीडेन र फिनल्याण्डले असुरक्षित महसुस गरेको बताईएको छ । यस घटनाको बारेमा रुसले आपत्ति जनाउने निश्चित छ तर अहिले सम्म पुटिनको त्यस्तो केहि टिप्पणी भने आएको छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ