तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा देखिने अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश दिएको छ । मिडिया आउटलेटहरूलाई बुधवार सो उर्दीलाई तत्काल कार्यान्वयनमा ल्याउन आदेश दिइएको थियो । तालिबानले सबै महिलाहरूलाई सार्वजनिक रूपमा बुर्का लगाउन वा सजायको भागिदार हुन आदेश दिएको दुई सातापछि पछिल्लो निर्णय आएको हो ।
१५ अगस्टमा अफगान सत्तामा आएको तालिबानले महिलाहरूमाथि प्रतिबन्धहरू कडा बनाएको छ । उनीहरूलाई पुरुष अभिभावकबिना यात्रा गर्न प्रतिबन्ध लगाइएको छ र केटीहरूको लागि माध्यमिक विद्यालयहरू बन्द छन् । तालिबानको पछिल्लो निर्देशन सुनेर आफू चकित परेको एउटा स्थानीय टेलिभिजन स्टेसनमा काम गर्ने एक महिला अफगान पत्रकारले बताइन् ।
‘टेलिभिजनमा हामीलाई रोक्न उनीहरूले अप्रत्यक्ष रुपमा दबाब दिइरहेका छन् । ‘म कसरी मुख छोपेर समाचार पढ्न सक्छु रु अब के गर्ने थाहा छैन । मैले काम गर्नुपर्छ । घर परिवार पाल्ने जिम्मा ममाथि छ ।’ तालिबानको नयाँ घोषणा २१ मेदेखि लागू हुने अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
तालिबानको निर्देशनलाई उक्त समूहका प्रवक्ताले ‘सल्लाह’ को रुपमा उल्लेख गरेका छन् । पालन नगर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने बारेमा केही उल्लेख गरिएको छैन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ