शुक्रबार, चैत्र २७, २०८२

द्वन्द्वका कारण विश्वभरी १० करोड विस्थापित : राष्ट्रसंघ


कान्तिपथ


द्वन्द्वका कारण विश्वभरी कम्तीमा दश करोड मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको विवरणमा जवरजस्ती यति धेरै मानिस विस्थापित भएको यो दुर्लभ घटना भएको उल्लेख गरिएको छ । विस्थापित भएकाहरुहरु माथि मानवअधिकारको उलङ्घन, हिंसात्मक घटना र द्वन्द्वको असर परेको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । विस्थापित मध्ये सबैभन्दा धेरै युक्रेनमाथि रुसले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण विस्थापित भएका छन् ।

त्यस बाहेक अफगानिस्तान, बुर्किना फासो, लोकतान्त्रीक गणतन्त्र कङ्गो, इथियोपिया, म्यानमार, नाइजेरियालगायतका देशमा भएका द्वन्द्वले पनि धेरै मानिस विस्थापित भएका छन्। युक्रेनले आफ्नो भूभाग त्यागेर रुससँग कुनै युद्धविराम सम्झौता नगर्ने जनाएको छ । राष्ट्रपतिका एकजना सल्लाहकारले युक्रेनको भूभाग छोड्नु पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण हुने चेतावनी दिनु भएको हो । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सीले कूटनीतिबाट मात्र अहिलेको युद्ध सुल्झाउन सकिने अभिव्यक्ति दिनु भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत