शुक्रबार, चैत्र २७, २०८२

टेक्सास विद्यालय नरसंहारः १८ बालबालिकासहित २१ जनाको हत्या


कान्तिपथ


अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ गम्भीररुपमा घाइते भएका छन् ।

टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढा रहेको उभाल्डे शहरको रोब प्राथमिक विद्यालयमा स्कूलमा एकजना २१ वर्षीय बन्दुकधारीले कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्युृ भएको हो । प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएको जनाइएको छ । टेक्सासका गभर्नर ग्रेग एबोटले हत्यारालाई विद्यालय रहेको इलाकाका बासिन्दा साल्भाडोर रामोसको रूपमा पहिचान गरेका छन् ।

यो नरसंहार सन् २०१२ को डिसेम्बरमा कनेक्टिकटको स्यान्डी हुकमा भएको डरलाग्दो हमलापछि अमेरिकी प्राथमिक विद्यालयमा भएको सबैभन्दा घातक हमला हो । स्यान्डी हुक हमलामा २० बालबालिकासहित छ जना वयस्क मारिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत