शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह


कान्तिपथ


संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ । सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका लागि तत्कालै पहल गर्न विश्व समुदायलाई आग्रह गरिएको हो । सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी निकायका प्रमुख आदम अब्देलमौलाले सो आग्रह गर्नुभएको हो ।

उहाँले सोमालियमा लामो समयदेखिको खडेरीका कारण पनि खाद्यान्न उत्पादन हुन छोडेको धेरै समय भएको भन्दै अहिले नै यहाँका सयौँ हजार नागरिकमा खाद्यान्न अभाव देखिएकाले तत्कालै सहयोगको खाँचो रहेको बताउनुभएको हो ।

निकै लामो समयदेखि हिंसामा फसेको यस देशमा यो वर्षको सुरुदेखि नै भोकमरी सुरु भएको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभएको छ– अहिले नै सोमालियाका लागि केही नगर्ने हो भने यहाँका नागरिक ठूलो भोकमरीमा परेका छन्, त्यसैले विश्व समुदायले यसतर्फ सोच्नुपर्ने अवस्था देखिएको छ ।

सोमालिया लामो समयदेखि जातीय द्वन्द्वमा फसेको छ । यहाँ अहिले केही वर्षयता देखि खडेरी आदि समस्याले गर्दा भोकमरी पनि सुरु भएको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत