शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ

आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ


कान्तिपथ


चिनियाँ कम्युनिस्ट पार्टीका (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौं आइपुगेका छन्। चाइना एयरको विमानबाट उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी ६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्।

बुधबारसम्म नेपाल रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन्। लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ।

चिनियाँ नेता लिउले प्रधानमन्त्रीका साथै राष्ट्रपति विद्यादेवी भण्डारी, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत