शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • दुबई भाग्न चहान्छन श्रीलंकन रास्ट्रपति, तर अध्यागमनका कर्मचारीले भाग्न दिएनन्

दुबई भाग्न चहान्छन श्रीलंकन रास्ट्रपति, तर अध्यागमनका कर्मचारीले भाग्न दिएनन्


कान्तिपथ


श्रीलंकामा भइरहेको देशको खस्किदो आर्थिक अवस्था बाट रुस्ट जनताहरु बाट भैरहेको जनप्रदर्शन पश्चात अज्ञात स्थानमा लुकिरहेका श्रीलंकन रास्ट्रपति गए राति कोलम्बो स्थित विमानस्थल बाट दुबईको उडानमा भाग्न खोजिरहेका थिए । तर विमास्थलमा कार्यरत अध्यागमनका कर्मचारीहरुले रास्ट्रपति गोटावाया राजापक्षलाइ देश छाडेर भाग्न दिएनन् । उनका साथ साथै भूतपुर्व मन्त्रि र उनका भाइ तथा उनका श्रीमतीलाइ अध्यागमनका कर्मचारीले रोकेको छ ।

प्राप्त जानकारी अनुसार रास्ट्रपतिले हाल सम्म राजिनामा दिनसकेको र वर्तमानमा पनि उनि श्रीलंकाको रास्ट्रपति भएता पनि विमानस्थलका कर्मचारीले उनको उक्त उडान रोकेको हो । वर्तमानमा पनि उनि श्रीलंकाको रास्ट्रपति भएको अवस्थामा, राष्ट्र प्रमुख भएकोले उनि संग संबैधानिक विशेषाधिकार रहेको हुन्छ, तर विमानस्थलका कर्मचारीले उनलाई विमानस्थलमा रहेको बिषेश कक्षमा प्रवेश गर्न नदिएको र उनको पासपोर्टमा एग्जिट स्ट्याम्प लगाउन मानेनन् जसले सुरक्षाजी लागि उनि आफ्नो श्रीमती सहित केहि अन्य सहयोगीका साथ विमानस्थल नजिक रहेको सैनिक ब्यारेकमा शरण लिनु परेको र रात बिताउनु परेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत