शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • रुसले ग्यास पाइपलाइन बन्द गर्यो, जर्मनी सहित पूरै यूरोपमा हाहाकार

रुसले ग्यास पाइपलाइन बन्द गर्यो, जर्मनी सहित पूरै यूरोपमा हाहाकार


कान्तिपथ


रुसले जर्मनी जाने आफ्नो ग्यास पाइललाइन नोर्द स्ट्रिम १ बन्द गरेको छ । युरोपको उत्तरमा पर्ने बल्टिक सागर हुँदै जाने यस नोर्द स्ट्रिम १ ग्यास पाइपलाइन रुसले अवरुद्ध गरेको हो । यस पाइपलाइनको संचालनको जिम्मा पाएको रुसी कम्पनी गाजप्रोमले तालिका अनुसार मर्मतसम्भार कार्यका लागि ग्यास बन्द गरिएको बताएका छन् । तर जर्मनी लगाएत अन्य मुलुकमा सो रुसी कम्पनीले अनिश्चित कालका लागि ग्यासको सप्लाई बन्द गर्न सक्ने शंका ब्यक्त गरेका छन् ।

युक्रेन घटनालाई लिएर जर्मनी लगायत अन्य युरोपेली राष्ट्रहरु रुसविरुद्ध लगातार लागिरहेको कारण मर्मतसम्भार बहाना हुन सक्ने र युरोपलाइ युक्रेन – रुस युद्धमा युक्रेनलाई गरेको समर्थन बारे विचार गर्न दिएको चेतवानी हुन सक्ने बताएको छ। । जर्मनीका अर्थमन्त्री रोबर्ट ह्याबेकले पनि उक्त कुराको पुष्टि गर्दै रुसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तयार रहनुपर्ने बताएका छन् । हाल इयुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउदै आएको छ, यहि ईयू प्रतिबन्धको प्रतिक्रियामा क्रेमलिनले यो कदम उठाएको हुन सक्ने बताए ।

चेक रिपब्लिकका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी जेर्मन अर्थमन्त्रि ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विवाद उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रुसले उपयोग गरिरहेको चिन्ता व्यक्त गरे । रुस – युक्रेन पश्चात रुसले ग्यास आपूर्ति साबिक भन्दा ४० प्रतिशत मात्रै पठाउँदै गरेको छ । रुसले ग्यास पाइपलाइन खोल्छ वा खोल्दैन भन्ने विषय युरोपभरी चिन्ता र चाँसो बढेको छ । रुसले सो नोर्द स्ट्रिम ग्यास पाइपलाइन सुचारु गरेन भने जाडो याममा सम्पूर्ण युरोप संकटमा पर्ने छ ।

रुसको यो कदमले इटलीलाई पनि प्रत्यक्ष असर परिरहेको छ । इटलीको एउटा ऊर्जा समूहले आफूले सोमवार पछिल्ला केही दिनहरूमा पाइरहेको भन्दा एक तिहाइ मात्र ग्यास रुसी कम्पनी ग्याजप्रोमबाट पाइरहेको बताएको जनाएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी प्रमुखले रुसले पूरै युरोपमा ऊर्जा कटौती गर्नसक्ने भन्दै त्यसका लागि युरोप तयार हुनुपर्ने जनाएका छन् । यसअघि रुसले जारी गरेको नयाँ भुक्तानी योजना अस्वीकार गरेपछि पोल्यान्ड, बल्गेरिया, द नेदरल्यान्ड्स, डेनमार्क र फिनल्यान्डमा ग्यास कटौती गरिसकेको छ ।

यदि रुसले ग्यास पाइपलाइन सुचारु नगरे जर्मनीमा ठूलो मन्दी निम्तिन सक्छ । जर्मनीका सम्पूर्ण उद्योगहरू ग्यासमा निर्भर छन् र अधिकांश जर्मनहरूले घरलाई न्यानो राख्न ग्यास नै प्रयोग गर्ने गर्छन् । यसको विरोधमा नागरिक सडकमा आउने सत्ता पलट हुन सक्ने बताइएको छ । यो पूरै युरोपमा फैलिन सक्ने बताइन्छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन रुसविरुद्ध आक्रामक भएर लागेकै कारण सत्ताबाट हट्नु परेको छ । युक्रेनलाई थप अस्त्र दिन थालेपछि रुसले आयत-निर्यातलाई कडाइ गरेकै कारण बेलायतमा आर्थिक संकट पैदा भयो र आफ्नै क्याविनेटका सदस्यहरुले राजिनामा दिएपछि जोनसन संकटमा परेका थिए ।

युक्रेनबाट हुने उर्जा आयत पनि रुसले बन्द गर्न सक्छ । युरोपको सबैभन्दा ठूलो र दोस्रो ठूलो आणविक भट्टी युक्रेनमै रहेको र ती दुबै अहिले रुसी सेनाको कब्जामा पुगेका छन् । यहाँबाट उत्पादन उर्जा बन्द गर्ने हो भने आधा यूरोप अन्धकार हुन सक्छ । र, पाइललाइन बन्द गरिएको खण्डमा पूरै यूरोपमा आर्थिक मन्दीसँगै हाहाकार मच्चिन सक्छ ।

जर्मनीका नागरिक रुससँगको सम्बन्धन नबिगार्न सरकारलाई आग्रह गरिरहेका छन् । उनीहरुले रुसले ग्यास मात्रै पनि बन्द गरे आफूहरुको जीवन चौपट हुने भन्दै युक्रेन घटनालाई लिएर जर्मनीले रुसविरुद्ध लाग्न नहुने जनमत रहेको छ । तर, सरकारले जनमतको बेवास्ता गर्दै युक्रेनलाई अस्त्र सहयोग गर्दै आएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत