शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • बेलायती प्रधानमन्त्रीको रेसमा भारतीय मूलका ऋषि सुनकको दबदबा, पहिलो चरणमा ८८ मत

बेलायती प्रधानमन्त्रीको रेसमा भारतीय मूलका ऋषि सुनकको दबदबा, पहिलो चरणमा ८८ मत


कान्तिपथ


आज भएको बेलायती भावी प्रधानमन्त्रिको रेसमा भारतीय मूलका ऋषि सुनक अग्रस्थानमा रहेका छन् । आज भएको भोटिंगको क्रममा उनले ८८ मतका साथ ६७ मत पाएकी पेंनी मोर्दाउन्टलाई हराएका हुन । आज भएको यस भोटिंग पहिलो चरणको रहेको छ । आजको भोटिंगमा ३० भोट भन्दा कम भोटिंग पाएका दुई उम्मेदवार नदीम जहावी (२५ भोट) र जेरेमी हन्ट (१८ भोट) प्रधानमन्त्रिको रेस बाट बाहिरिएका छन् ।

भोलि हुने अर्को चरणको भोटिंगमा आजको चुनवामा ३० मत भन्दा धेरै मत ल्याउने ६ जना उम्मेदवार बीच प्रतिस्पर्धा हुनेछ । भोलि हुने मतदानमा पनि ३० मत भन्दा कम ल्याउने उम्मेदवारहरु बाहिरिने छन् । यो चुनाव विभिन्न चरणमा हुनेछ र अन्तमा बाकी रहेका अन्तिम २ उम्मेद्वारको भाग्य १६०,००० बेलायती कन्जरभेटिव पार्टीका सदस्यहरुले मतदान गरि निर्वाचित गर्ने छन् ।

भारतीय मूलका ऋषि सुनकको जन्म सन् १९८० मे १२ मा बेलायतमा भएको थियो । उनि भारतीय धनादय, इन्फोसीस कम्पनीका संस्थापक नारायण मुर्थीका ज्वाई हुन्। उनि भूतपूर्व प्रधानमन्त्रि बोरिस जोनसनको क्याबिनेटमा ‘चान्सलर अफ एक्सचेकर’ को पद सम्हालेका थिए । ‘चान्सलर अफ एक्सचेकर’ अर्थात् बेलायती प्रशासनमा आर्थिक मामिला हेर्ने मन्त्रि हुन जो बरियता क्रम अनुसार प्रधानमन्त्री र उपप्रधानमन्त्रि पछिको शक्तिशाली पदको रुपमा लिईन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत