शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • श्रीलंकाको आर्थिक संकटमा पुटिनको हात! युक्रेनि रास्ट्रपति जेलेंस्कीको नयाँ आरोप!

श्रीलंकाको आर्थिक संकटमा पुटिनको हात! युक्रेनि रास्ट्रपति जेलेंस्कीको नयाँ आरोप!


कान्तिपथ


युक्रेनका रास्ट्रपति भाल्दिमिर जेलेंस्कीले रुसी रास्ट्रपति पुटिन माथि नयाँ आरोप लगाएका छन् । युक्रेन र रुस बीच युद्ध भए देखि युक्रेनका रास्ट्रपति जेलेंसकीले रुसी रास्ट्रपति माथि विभिन्न आरोप लगाउदै आएका छन् । उनको नयाँ आरोपमा उनले श्रीलंकामा भइरहेको आर्थिक संकट बाट उत्पन्न विषम परिस्थितिको लागि रुसी रास्ट्रपति पुटिनको युक्रेन प्रतिको नीतिलाई मुख्य जिम्मेवार रहेको बताएका छन् ।

उक्त आरोपमा उनले भनेका छन्, रुसी रास्ट्रपति पुटिनले युक्रेन हत्याउने क्रममा अनेक किसिममा नीति तथा हथकण्डा अपनाएको र ति नीतिहरु मध्य वैश्विक स्तरमा आर्थिक अस्थिरताको स्थिति उत्पन्न गराउने नीति प्रमुख जिम्मेवार रहेको उनले बताएका छन् ।

रुसी आक्रमणका कारण हाल विश्वभरि तेलको आयात निर्यातमा बाधा पुगेको जसले गर्दा विकासोन्मुख राष्ट्रहरुमा तेल तथा खाद्यान्नको संकट उत्पन्न भई ति राष्ट्रहरुको राजनैतिक, सामाजिक संरचनामा नकारात्मक असर परेको उनले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत