अमेरिकी राष्ट्रपति जो बाइडेन हाल ४ दिने यात्रामा मध्यपूर्वी देश इजरायल पुगेका छन् । दुई दिन इजरायल र प्यालेस्टिनको यात्रा पछि उनि साउदी अरब जानेछन जहाँ उनि हालका प्रमुख बिषयहरु मध्यपुर्वमा रहेका समस्याहरु, मानवअधिकारको अवस्थाको बिषयमा, अन्तरास्ट्रिय रुपमा आर्थिक मन्दी बढिरहेकोले तेलको उत्पादन वृद्धि गराउने बिषयमा , रुस र युक्रेनको युद्धमा इजरायल र साउदी अरबको भूमिका बारे चर्चा हुनेछ । त्यस लगतै १९ जुलाईका दिन इरानको यात्रामा रहनेछन जहाँ उनि इरानका रास्ट्रपति र तुर्कीका रास्ट्रपति संग भेटघाट गर्ने छन् । उनको यो यात्रालाइ रुस र युक्रेन बीचको युद्धमा रुसलाई घेर्न र अन्तरास्ट्रिय स्तरमा युक्रेनको लागि समर्थन जुटाउन भएकोले यो यात्रा विश्व राजनीतिको हिसाबले महत्वपुर्ण रहेको विश्लेषकहरु बताउछन् ।
हाल अहिले इजरायलको यात्रामा रहेका जो बाइडेनको सुरक्षामा इजरायलले आफ्नो २२ हजार सेना खटाएको छ । रुस – युक्रेन बीच भइरहेको युद्धका बीच भएको यो यात्रामा अमेरिकी राष्ट्रपतिको सुरक्षामा कुनै सम्झौता हुन नदिने इजरायलले स्पस्ट परेको छ ।
इरानको यात्राको क्रममा उनि सिरियाको शान्ति सम्झौता, रुस – युक्रेन युद्ध बारे इरानि र तुर्की पक्षसंग चर्चा गर्ने छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ