शुक्रबार, चैत्र २७, २०८२

भारतमा दोश्रो दिन क-कसलाई भेट्दैछन् प्रचण्ड ?


कान्तिपथ


भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शनिबार विभिन्न भेटवार्ता र कार्यक्रममा व्यस्त हुने भएका छन्।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेका प्रचण्ड शनिबार बिहान दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको ‘ब्रेकफास्ट’मा सरिक हुनेछन्। शनिबार साँझ उनी भारतीय विदेशमन्त्री जयशंकरले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।

शनिबारै भारतका विदेशमन्त्री एस जयशंकरले प्रचण्डलाई भेट्ने कार्यक्रम छ। विदेश सचिव विनयमोहन क्वात्राले पनि शनिबारै प्रचण्डसँग भेट गर्नेछन्।

त्यसपछि प्रचण्ड फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलिसी नामक संस्थाले आयोजना गर्ने नेपाल-भारत सम्बन्ध विषयक कार्यक्रममा प्रमुख वक्ता छन्। प्रचण्ड मुख्य वक्ता रहने उक्त कार्यक्रममा नेपालका लागि भारतीय पूर्व राजदूत, भाजपाका नेताहरु, विदेश मन्त्रालयका कर्मचारी र अन्तराष्ट्रिय मामिला विज्ञ सहभागी हुने जनाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत