शुक्रबार, चैत्र २७, २०८२

मोदी भेटेर आज स्वदेश फर्किदै प्रचण्ड


कान्तिपथ


शुक्रबारदेखि भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

प्रचण्ड निकट स्रोतका अनुसार उनको आजको कार्यतालिकामा मोदीसँग भेटवार्ता गर्ने र भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुग्ने कार्यक्रम छ।

पूर्वप्रधानमन्त्री प्रचण्ड भारतीय जनता पार्टी (भाजपा) कै अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन्।

यसअघि शनिबार उनीसँग भारतका विदेशमन्त्री जयशंकरलगायतले भेटवार्ता गरेका थिए। भारत भ्रमण सकेर प्रचण्ड आइतबारै स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत