भारतको सर्वोच्च अदालतले कुनै पुरुषसँग रिलेसनसीपमा रहेकी र स्वैच्छाले उसँग बसेकी महिलाले सम्वन्ध बिग्रिएपछि निज पुरुषविरुद्ध बलात्कारको मुद्दा हाल्न नसक्ने निर्णय सुनाएको छ ।
राजस्थान उच्च अदालतले गत मे १९ मा सुनाएको फैसला विरुद्ध अन्सार मोहम्मद नामका पुरुषले सर्वोच्चको ढोका ढक्ढाकाएका थिए । उच्च अदालतले मोहम्मदलाई धरौटीमा छोड्न अस्वीकार गरेको थियो । उच्च अदालतको आदेश उल्टाउँदै सर्वोच्चले मोहम्मदलाई धरौटीमा छोडेको हो ।
निवेदकले आफूलाई विवाहको आश्वासन राखेर मोहम्मदले शारीरिक सम्वन्ध राखेको आरोप लगाउँदै बलात्कारको मुद्दा दायर गरेकी थिइन् । आफूहरुबीचको सम्वन्धबाट एक बच्चा समेत जन्मिएको उनको भनाइ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ