पोखरामा एटीएम मेसिन फोर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुमका नरेश पुन मगर रहेका छन्।
उनले यही असार ३१ गते राति पोखराको न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटीएम मेशिन फोर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो । नरेश उपर कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ