नाजुक आर्थिक अवस्था बाट गुज्रिरहेको श्रीलंकालाइ छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई सिंगापुरले झट्का दिएको छ । गत हप्ता मात्रै भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले तत्काल सिंगापुरछाड्न आदेश दिएको छ ।
सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिए पनि उनलाई राजनीतिक शरण नदिने भन्दै देश छोड्न आदेश दिएको हो । श्रीलंका आर्थिक संकटले राष्ट्र नाजुक अवस्थामा पुगे पछि उनि भागेर सिंगापुरमा शरण लिन पुगेका हुन् ।
गत बिहिबार सिंगापुर पुगेर पदबाट राजीनामा दिएका उनि कता जान्छन यो चासोको बिषय बनेको छ । श्रीलंकालाइ आर्थिक संकटमा फसाएर भागेका उनि सिंगापुर पुगेका उनि केहि दिन अगाडी मात्रै सिंगापुरको एक शपिंग मलमा शप्पिंग गरिरहेका भेटिएका थिए । सिंगापुरमा भ्रस्टाचारलाइ एक ठुलो अपराधको रुपमा हेरिन्छ । सिंगापुरमा भ्रस्टाचारको बिरुद्ध ‘जेरो टोलरेंस’ नीति छ । त्यहि कारण उनि सिंगापुर तत्काल नछाडे उनि माथि मुद्दा चल्ने खतरा रहेको छ । यता श्रीलंकामा भने बुधबार नयाँ राष्ट्रपति चयन गरिने भएकाे छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ