बिहिबार, बैशाख ३१, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • चावहिलको गोदाममा प्रहरीको छापा: बिस्फोटक पदार्थसहित १ करोडको समान बरामद !

चावहिलको गोदाममा प्रहरीको छापा: बिस्फोटक पदार्थसहित १ करोडको समान बरामद !


कान्तिपथ


काठमाडौंको चावहिलस्थित एक गोदाममा नेपाल प्रहरीको टोलीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले आज उक्त गोदाममा छापा मार्दा पटका (बिस्फोटक पदार्थ) सहित भन्सार छलीका बिभिन्न सामग्रीहरु फेलापरेको छ ।

अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरीको विशेष टोलीले गोदामबाट पटकासहित विभिन्न बिदेशी ब्रान्डका चुरोट, गुट्खा, हुक्का फ्लेबर्स र अक्सिमिटर बरामद गरेको हो ।

बरामद गरिएका बस्तु करिब १ करोड मुल्य बराबरका रहेको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानाएका छन् । एसपी कोइरालाले भन्सार छलेर ल्याइएको सामान र गोदामका मालिक पर्साको सुखवा प्रसौनी गाउँपालिका १ घर भएर काठमाण्डौं कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको जनाएका छन् । ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत