शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • वामपन्थी नेता दिनेश गुणवर्देना बने श्रीलंकाको नयाँ प्रधानमन्त्री

वामपन्थी नेता दिनेश गुणवर्देना बने श्रीलंकाको नयाँ प्रधानमन्त्री


कान्तिपथ


श्रीलंकामा दिनेश गुणवर्देनाले नयाँ प्रधानमन्त्रीको सपथ लिएका छन्। राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षिय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

उनले आजै पद तथा गोपनियताको सपथ लिएका छन्। गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अहिले सांसद छन्। केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई गृह मन्त्री नियुक्त गरेका थिए।

गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुन्। उनको पार्टीका संसदमा २ जना सांसद छन्। दुई दिनअघि राष्ट्रपति बनेका विक्रमासिंघे पनि संसदमा आफ्नो पार्टीका एक्ला सांसद थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत