शुक्रबार, चैत्र २७, २०८२

स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त


कान्तिपथ


स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि राजदूत नियुक्त गरेकी हुन् ।

स्पेनका लागि नेपाली राजदूतमा डा. शर्मिला पराजुली (ढकाल)लाई नियुक्त गरिएको छ । रुसी महासंघका लागि मिलनराज तुलाधार र रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरिएको छ ।

भारतका लागि आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत