सोमवार, चैत्र ३०, २०८२

सीसीटीभी प्रकरण : समितिलाई दिइयो सिंहदरबार पश्चिम र दक्षिण गेटको फुटेज


कान्तिपथ


गृह मन्त्रालयले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले मागेको सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन भइरहेको छ।

गृहले उपलब्ध गराएको फुटेजमाथि अध्ययन भइरहेको समितिले बताएको छ। समितिले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरे/नगरेको विषयमा अध्ययन गर्न सिंहदरबारको दक्षिण र पश्चिम गेटको फुटेज गृहसँग माग गरेको हो।

संसदीय समितिलाई अर्थ मन्त्रालयले १४ जेठको फुटेज नभएको बताएको थियो। सीसीटीभी क्यामेरा फरेन्सिक प्रयोगशालामा परीक्षण गर्दा पनि १४ जेठको फुटेज फेला परेको छैन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत