शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • दक्षिण भारतको थिरुभनन्थपुरममा बिद्यार्थीहरुको यस्तो अनौठो बिरोध प्रदर्शन, मेयरले गरे बिद्यार्थीहरुको समर्थन!

दक्षिण भारतको थिरुभनन्थपुरममा बिद्यार्थीहरुको यस्तो अनौठो बिरोध प्रदर्शन, मेयरले गरे बिद्यार्थीहरुको समर्थन!


कान्तिपथ


दक्षिण भारत स्थित थिरुभनन्थपुरम शहरमा इन्जिनियरिंगका बिद्यार्थीहरुले बिरोध स्वरूप अनौठो प्रदर्शन गरेका छन् । घटना अनुसार थिरुभनन्थपुरम शहर स्थित एक बस स्टपमा यात्रु बस्न भनेर बनाईएको बेन्चमा छात्रछात्राहरु कलेज जाने समयमा बसको प्रतिक्षा गर्दा अभद्र तरिकाले संग संगै बस्ने गरेको कुरालाई लिएर स्थानीयहरुले उक्त बेन्चलाई एक बेन्चमा केवल एक व्यक्ति मात्रै बस्न मिल्ने गरि ३ भागमा विभाजित गरेका थिए । स्थानीयहरुका अनुसार कलेजका छात्रछात्राहरु कलेज जाने समयमा सवारी प्रतिक्षालयमा अभद्र तरिकाले साथ साथ बस्ने गरेकोले आफुहरुले उक्त कदम चाल्नु परेको बताएका छन् ।

तर यता बिद्यार्थीहरुले स्थानीयहरुको उक्त कदमको बिरोध स्वरूप आफ्नो साथीको काखमा बसी स्थानीयहरुको संकीर्ण सोच माथि प्रहार गरेका छन् ।

थिरुभनन्थपुरम शहरका मेयर आर्या राजेंद्रण बिद्यार्थीहरुको गुनोस सुन्दै

थिरुभनन्थपुरम शहरका मेयरले भने बिद्यार्थीहरुको बिरोधको यस शैलीलाई समर्थन र स्वागत गर्दै केरला राज्य एक प्रगतिशील राज्य रहेको र यस राज्यमा कुनै लैंगिक भेदभाव हुन नहुने भन्दै समर्थन गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत