इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी एक महिलालाई यहाँका प्रहरी सहायक निरीक्षक (असइ) प्रवीण चौलागाईले यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेका छन्।
शुक्रबार बिहान करिब २ बजे असइले ति महिलालाई यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेका हुन्। बहुविवाहमा हिरासतमा रहेकी ती महिलाले प्रतिकार गरेपछि उनले बलात्कार भने गर्न पाएनन्। स्रोतका अनुसार ति असइले मदिरा सेवन गरेर बलात्कार प्रयास गरेका थिए। करिब साता दिनअघि उनका श्रीमान् र उनी बहुविवाह मुद्दामा हिरासतमा छन्।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले बताए।
इलाका प्रहरी कार्यालय कोहलपुर स्रोतका अनुसार मदिरा पिएर आएका असईले थुनुवा कक्षमा रहेकी महिलालाई बोलाएर माथिल्लो तलामा रहेको कोठामा लगेर बलात्कारको प्रयास गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ