भारतको राजधानी नयाँ दिल्ली नजिकैको नोएडाको सेक्टर ९३ ‘ए’ मा रहेका ३० तले ट्विन टावर नौ सेकेन्डमै धुलोमा परिणत भएका छन्। आइतबार दिउँसो पौने ३ बजे १२ सेकेन्डमै यी जुम्ल्याहा टावर ढालिएपछि भग्नावशेषमा परिणत भएका हुन्।
यी टावरलाई ३० सय केजी बारुदबाट यी टावर ढालिएको हो। यीमध्ये एउटा ३२ र एउटा २९ तले थिए। यी अवैध ट्विन टावर भारतीय समयअनुसार अढाई बजे ढालिएको हो। १ सय मिटरभन्दा अग्ला दुवै टावर ढल्न केबल १२ सेकेन्ड मात्रै लाग्यो। यी टावरमा विस्फोटअघि ७ हजार मानिसलाई अन्यत्र सारिएको थियो। टावर ढलेपछि प्रशासनले सफाइका लागि ५ वटा सडक क्षेत्रमा सवारी आवागमन रोकेको छ। यहाँ नोएडा पुलिसका ५६० भन्दा धेरै जवान तैनाथ छन्।
आपतकालका लागि एम्बुलेन्स पनि तैनाथ गरिएको थियो। विस्फोटपछि उक्त क्षेत्रमा वायु प्रदूषण अनुगमनका लागि विशेष प्रदूषण जाँच मेसिन राखिएको छ। रियल स्टेट कम्पनी सुपरटेकले यी टावर भत्काउनुअघि तयारी गरेको थियो। सात हजार मानिससँगै कुकुर पनि स्थानान्तरण गरिएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ