अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभको आज अन्त्येष्टि गरिने भएको छ । शनिबार मस्कोमा हुने अन्त्येष्टिमा रुसका लागि अमेरिकी राजदूत जोन सुलिभान सहभागी हुने भएका छन् ।
रक्तपातबिना शीतयुद्ध अन्त्य गरेका गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको थियो । सोभियत संघ विघटन गरेका गोर्बाचोभलाई अधिकांश रुसीले मन पराउँदैनन् ।
उनको मृत्युप्रति विश्वका नेताहरुले समवेदना व्यक्त गरेका छन् । स्वदेशमा खलनायक साबित भएका गोर्बाचोभलाई पश्चिमा देशले भने नायक मान्छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ