शुक्रबार, चैत्र २७, २०८२

कार सफा गर्ने नेपाली युवाले दुबईमा जिते ३५ करोडको चिट्ठा


कान्तिपथ


युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवाले करिब ३५ करोड नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेका छन्।

दुबईमा कार सफा गर्ने काम गर्दै आएका ३१ वर्षीय भरत विश्वकर्माले महजोज ज्याकपटको चिठ्ठा जितेका हुन्। आफ्ना दुई साथीहरुसँग मिलेर चिठ्ठाको टिकट खरिद गरेका भरतले उक्त पुरस्कार पनि साथीहरुसँग बाँडेर लिने बताएका छन्।

चिठ्ठा जितेसँगै भरतले आफूले जितेको रकम आफ्नो परिवारको लागि र ब्रेन ट्युमरको कारण प्यारालाइसिस भएका भाइको उपचारको लागि खर्च गर्ने बताएका छन्। उनका ३ र पाँच वर्षका दुई सन्तान छन्।

मासिक १३ सय दिराम (करिब ४५ हजार नेपाली रुपैयाँ)मा काम गर्ने भरत यो चिठ्ठा जित्ने उनी सबैभन्दा कम कमाउने पहिलो व्यक्ति भएको द नेशनल न्युजले उल्लेख गरेको छ। तीन वर्षअघि दुबई आउनुभन्दा पहिला साउदी अरेबियामा एक पावर प्लान्टमा काम गर्थे। उनले आफूलाई चिठ्ठा परे पनि कार सफा गर्ने काम भने जारी राख्ने बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत