ग्राहकले रेष्टुरेन्टमा १३ डलर (१६ सय रुपैयाँ) को खाना खाएपछि उदारता देखाउँदै महिला वेटर लाई ३ हजार डलर (३ लाख ८५ हजार रुपैयाँ) टिप्स दिए । यो घटनाले निकै चर्चा पायो । तर, अहिले कथा फेरिएको छ ।
वास्तवमा टिप्स दिएको केही महिना पछि ग्राहकले आफ्नो मन परिवर्तन गरे र रेस्टुरेन्टबाट पैसा फिर्ता लिनको लागि चार्ज ब्याक क्लेम दायर गरे। तर, रेस्टुरेन्टले पैसा फिर्ता माग्ने ग्राहकविरुद्ध नै मुद्दा दायर गरेको छ ।
मारियाना ल्याम्बर्ट अमेरिकाको पेन्सिल्भेनिया स्थित अल्फ्रे डो क्याफेमा वेटर छिन् । करिब तीन महिना’अघि उनको सिफ्टको क्रममा एक ग्राहकले उनलाई ३ हजार डलर टिप्स दिएका थिए । ग्राहकले १३ डलरको खाना खाएका थिए ।
एरिक स्मिथ नामका यी व्यक्तिले त्यसपछि भनेका थिए कि उनी अनलाइन अभियान ‘टिप्स फर जीसस’ बाट धेरै प्रभावित छन्। त्यही भएर उनले यो निर्णय गरेका हुन् । जब मारियानाले यति ठूलो टिप्स पाइन्, उनी आफैंले पत्या उन सकिनन्। उनी पनि एकपटक छक्क परिन् ।

तर, गत महिना स्मिथले रेस्टुरेन्ट लाई पत्र पठाएर टिप्समा दिएको रकम फिर्ता गर्न चाहेको बताए । उनले क्रेडिट कार्डको चार्ज ब्याक नियम अन्तर्गत फि र्ताको दाबी दायर गरे।
यसपछि रेस्टुरेन्टले स्मिथ सँग फेसबुकमा कुरा गरी यसबारे निष्कर्ष निकाल्ने प्रयास गरेको थियो तर त्यसले काम गरेन । रेस्टुरेन्टले हालै यस विषयमा स्मिथलाई प्रतिक्रिया दिन बन्द गरेको छ। साथै, स्मिथ विरुद्ध मुद्दा पनि दायर गरिएको छ ताकि मुद्दाको फैसला अदालतमा नै होस्।
यस विषयमा रेष्टुरेन्टका म्यानेजर ज्याकरी ज्याकबसनको बयान पनि आएको छ, उनी निकै निराश देखिएका छन् । उनले भने, ‘हामीलाई साँच्चै कसैले राम्रो काम गर्न खोजेको छ भन्ने लागेको थियो तर अहिले तीन महिना’पछि उनले यस्तो काम गरे ।’
यस मामिलामा मजिस्ट्रेट अदालतमा मु’द्दा दायर गरिएको छ र रेस्टुरे’न्टको तर्फबाट भनिएको छ कि त्यतिबेला एरिकले आफैंले यो पैसा टिपको रूपमा दिन चाहेको बता’एका थिए। – डीसी नेपाल बाट
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ