सन 2015 पछि पहिलो पटक फेसबुकका संस्थापक मार्क जुकरबर्ग अमेरिकाका 10 धनी व्यक्तिहरूको सूचि बाट बाहिरिएका ।
गत सेप्टेम्बर २०२१ देखि जुकरबर्गले आफ्नो आधाभन्दा बढी सम्पत्ति गुमाइसकेका छन् । गत सेप्टेम्बर बाट मात्रै उनको सम्पति मा ७६.८ बिलियन डलरले गिरावट आएको हो । गत सेप्टेम्बरमा उनको सम्पति $१३४.५ बिलियन डलर थियो भने यस वर्ष उनको सम्पति $५७.७ बिलियन डलर हुन पुगेको छ । उनको सम्पतिमा भारी गिरावट आए पछि अमेरिकाको १० धनी व्यक्तिहरूको सूचीमा नम्बर ३ बाट झरेर २३ औं नम्बरमा पुगेका छन।
उनको सम्पतिमा गिरावट आए पछि उनी हाल वालमार्टका उत्तराधिकारी जिम वाल्टन, न्यूयोर्क शहरका पूर्व मेयर माइकल ब्लूमबर्ग र माइक्रोसफ्टका पूर्व सीईओ स्टीव बाल्मर र गुगलका संस्थापक सर्गेई ब्रिन र ल्यारी पेज जस्ता धनादयको पछि परेका छन। अमेरिकामा जुकरबर्गले जत्तिको पैसा यस वर्ष कसैले गुमाएको छैन।
सेप्टेम्बर 3, 2021 बाट उनको कम्पनी मेटाको स्टक मूल्यमा ५७ % गिरावट आए पछि उनको कुल सम्पति घटेको हो। उनको कम्पनीको स्टक मुल्यमा गिरावट आउनुमा एप्पल कम्पनीको गोपनीयता सम्बंधित नया नीति आए पछि उनको कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरू त्रसित छन् । एप्पल कम्पनीको नया निति अनुसार कम्पनीहरूलाई एपहरूमा प्रयोगकर्ताहरूलाई ट्र्याक गर्न गाह्रो बनाएको छ, जसले गर्दा फेसबुकको प्रयोगकर्ता लक्षित विज्ञापन बिक्रीलाई असर परेको छ। फेसबुकले जुलाईमा मात्रै आफ्नो पहिलो त्रैमासिक राजस्व – १% ले घटेको जनाएको छ।
फेसबुक स्थापना गरेको चार वर्षपछि सन् २००८ मा जुकरबर्ग पहिलो पटक अर्बपति बनेका थिए । २३ वर्षको उमेरमा, उनी त्यस समयमा सबैभन्दा कान्छो स्व-निर्मित अर्बपति थिए। त्यस वर्ष १.५ बिलियन डलरको सम्पति सहित उनी ३२१ नम्बरमा थिए । सन २०११ सम्म, जुकरबर्गको कुल सम्पत्ति लगभग १२ गुणा बढेर $ १७.५ बिलियन पुगेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ