बिहिबार, बैशाख ३, २०८३

१ अर्ब लागतमा नारायणी नदीमा आकर्षक पुल बन्दै


कान्तिपथ


चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाइने भएको छ। सडक विभाग अन्तरगतको पुल महाशाखाले पूर्वपश्चिम राजमार्गमा पुल बनाउन टेन्डर आव्हान गरेको हो।

विभागले नेपाली निर्माण व्यवसायीसँग डिजाइन एन्ड विल्ड विधीमा निर्माण गर्ने गरी प्रस्ताव माग गरेको छ। ठेक्का पाउनेले निर्माण व्यवसायीले पुलको डिजाइन र निर्माण आफैँ गर्नुपर्ने छ।

सरकारले नेपाल सरकारको आफ्नै लगानीमा पुल निर्माण गर्न लागेको छ। विभाग अन्तरगतको पुल महाशाखाले अहिले भएकै पुल छेउमै नयाँ पुल बनाउने प्रस्ताव गरेको छ।

१ अर्ब बढी लागतमा अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल बनाइने छ। पुलको डिजाइन अनुसार लागत घटबढ हुने महाशाखाले जनाएको छ।

सरकारले पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गरिरहेको छ। जसअन्तरगर्त नारायणगढ बुटवल खण्डमा सडक विस्तार भैरहेको छ। २०७५ चैतमा सिलान्यास भएको सडक निर्माण भैरहेको छ।

१७ अर्ब लागतमा सडक विस्तार भैरहेको हो। सडक ४ लेनको बनिरहँदा पुल २ लेनको मात्रै रहने भएकाले नयाँ पुल निर्माण गर्न लागिएको महाशाखाले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत